arrow

काभ्रेमा उच्च संख्यामा थपिए संक्रमित, थप एकको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
covid-test-corona.jpg

काभ्रे । विगत २४ घण्टामा काभ्रेपलाञ्चोकमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । शुक्रबार ६१ पुरुषसहित ११० मा कोरोना संक्रमण देखिएको छ । शुक्रबार २८ जना कोरोनामुक्त भई घर फर्किएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणका कारण शुक्रबार बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र सात महिला गरी १६ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

झाका अनुसार शुक्रबार थपिएका संक्रमितमध्ये मध्ये बनेपा नगरका ५४, पनौती नगरका आठ, धुलिखेल नगरका २६, नमोबुद्ध नगरका छ, मण्डनदेउपुरका छ, पाँचखालका पाँच तथा बेथानचोक गाउँपालिकाका एक, चौंरीदेउरालीका एक, रोशीका दुई तथा खानीखोलाका एक रहेका छन् ।

 शुक्रबार ११० थपिएसँगै कुल संक्रमितको सङ्ख्या एक हजार चार सय ८१ पुगेको छ । यसमध्ये ६२ प्रतिशत अर्थात् ९१५ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ