पर्वत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले निष्पक्ष हुनुपर्ने सरकारी निकाय सत्ता तथा सत्तारुढ दलको तावेदारीमा लागेको भन्दै सबै नेता कार्यकर्ताहरुलाई प्रसासनसँग होसियार र सजह रहन आग्रह गरेका छन् ।
पर्वतबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता जोशीले निष्पक्ष रुपमा काम गर्नुपर्ने सरकारी संयन्त्रले केहि समयदेखि सत्ताको दवाव र ईशारामा खोजीखोजी कांग्रेस नेता कार्यकर्ताहरुलाई दुख दिन लागेको जनाउँदै सबै नेता कार्यकर्ताहरु र जिल्लावासीहरुलाई प्रसासनसँग होसियार र सजह रहन आग्रह गरेका हुन् ।
सत्तापक्षको तावेदारी गर्दै कांग्रेस नेता कार्यकर्ताहरुलाई दुख दिइएकोमा उनले त्यसको सशक्त प्रतिकार गर्न पनि आह्वान गरेका छन्। जोशीले भनेका छन्, ' सत्तापक्षको ताबेदारी गर्दै यसरी नै नेपाली कांग्रेसका कार्यकर्ता र सर्बसाधारणलाई सामान्य कुरामा पनि पक्षपातपूर्वक दु:ख दिने काम जारी रहेमा सशक्त प्रतिरोधका लागि तयार रहन आग्रह गर्दछु।'