सबै नेपाली सुतेपछि भारतीय गुप्तचर प्रमुखसँग बालुवाटारमा गोप्य मन्त्रणा किन प्रधानमन्त्रीज्यू ?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
45
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडाले राष्ट्रवादको नारा दिन खप्पिस केपी ओली सरकारको मुखुण्डो उत्रिएको बताएका छन्।
राष्ट्रवादको नारा दिन खप्पिस ओली सरकार वास्तविकतामा लम्पसारबादी देखिएको खतिवडाले बताएका हुन्। प्रधानमन्त्री केपी ओलीको गतिविधीले उनको मुखुण्डो समेत उत्रिदै गएको खतिवडाले बताएका हुन्।
सबै नेपाली सुतेपछि भारतको अन्तराष्ट्रिय गुप्तचर निकाय 'रअ'का प्रमुख सामन्त गोयलसँग बालुवाटारमा एकान्तमा लामो बार्ता गरेकामा पनि उनले आपत्ती जनाए । हालै प्रधानमन्त्री कार्यालय हेर्नेगरि गएका ईश्वर पोखरेल समेत यि सबै कुराबाट वेखबर भएकामा पनि खतिवडाले आश्र्चर्य प्रकट गरे । खतिवडाले भने, 'बरा सबै अधिकार प्राप्त ईश्वर पनि ट्वा परेर बसेछन्।'
प्रधानमन्त्री ओलीले विदेशी गुप्तचर निकायका प्रमुखसँग प्रधानमन्त्रीको सरकारी आवासमा गोप्य मन्त्रणा त्यो पनि एक्लाएकलै किन खतिवडाले प्रश्न गरेका छन्।
राष्ट्रवादको नारा भजाएर सत्तामा आएका केपी ओलीको राष्ट्रवादी मुखुण्डो उत्रिदै गएकोमा उल्लेख गर्दै खतिवडाले भने, 'बिस्तारै ओलीको मुखुण्डो उत्रिदै छ।'