काठमाडौं । भारतीय क्रिकेट लिजेन्ड कपिल देवलाई हृदयाघात भएको छ । सन् १९८३ को विश्वकप क्रिकेट जिताउने कप्तान कपिल देवलाई हृदयाघात भएको हो ।
छाती दुखेपछि उनलाई अस्पतालमा भर्ना गराइएको थियो । शुक्रबार उनलाई दिल्लीको अस्पतालमा भनाए गराइएको थियो ।
मुटुमा ब्लकेज भएपछि उनको एन्जियोप्लाष्टी गराइएको छ । चिकित्सकका अनुसार कपिल देवको हालत स्थिर छ । उनी खतरामुक्त छन् ।
उनलाई हृदयाघात भएको खवर बाहिरिएपछि अर्का क्रिकेट लिजेन्ड सचिन तेन्दुलकर र भारतीय क्रिकेट कप्तान विराट कोहलीले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पहिलो पटक भारतलाई सन् १९८३ मा विश्वकप दिलाएका कपिल देवले १३१ टेष्टमा ५ हजार २४८ रन बनाएका छन् । त्यस्तै २२५ एक दिवसीयमा ३ हजार ७८३ रन बनाएका छन् ।
अलराउन्डर कपिल देवले टेष्टमा ४३४ र एक दिवसीयमा २५३ विकेट लिएका छन् । कपिल देवको नाममा बलिउडमा बायोपिक चलचित्र पनि बनेको छ ‘८३’ । यसमा रणवीर सिंहले मुख्य भूमिका निभाएका छन् ।