काठमाडौं । भारतको अमृतसरमा शुक्रबार साँझ एक चर्चमा गोली चलेको छ । घटनामा चर्चका पादरीको मृत्यु भएको छ भने एक जनाको ज्यान गएको छ ।
आरोपी रणदीप सिंह गिलले आफ्ना ७–८ साथीसँगै चर्चमा घुसेर २० राउन्ड गोली चलाएको हो । रणदीपले आफूलाई कांग्रेस नेता बताएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । कांग्रेस आईले भने यसको पुष्टि गरेको छैन ।
रणदीपलाई लकडाउनका समयमा पादरी प्रिन्सले चर्चमा जान रोकेको निहुँमा विवाद भएको थियो । केही दिनअघि दुवैबीच सम्झौता पनि भएको थियो ।
तर शुक्रबार रणदीपले पादरी प्रिन्सलाई गोली हानेर मारेको हो । मृतकका परिवारले रणदीप बाबा खेतरपाल जी शक्ति दल अल इन्डियाको अध्यक्ष भएको बताएका छन् ।
उसैले चर्चमा गोली चलाएको र पादरीको मृत्यु भएको बताएका छन् । उनका भाइ मनोज गम्भीर घाइते छन् ।