काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ । डा. भट्टराईसँगै उनकी पत्नी एवं पूर्व मन्त्री हिसिला यमीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
डा. भट्टराईले आफू र हिसिलालाई कोरोना भएको सामाजिक संजाल ट्वीटरबाट जानकारी दिएका हुन् । उनले गत शुक्रबार परीक्षण गराएकामा शनिबार बिहान नतिजा आएको हो ।
उनले लेखेका छन्, ‘हिसिला र म दुबैलाई कोभिड १९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !’