काठमाडौं । क्यानडेली प्रधानमन्त्री जस्टिन पियरे जेम्स ट्रुडेले विजया दशमीको अवसरमा सम्पूर्ण विश्वभरका हिन्दू धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । उनले आफू क्यानडाका हिन्दू समूदायसँग जोडिन पाएकामा खुशी व्यक्त गर्दै सम्पूर्ण हिन्दूधर्माबलम्बीलाई विजया दशमीको शुभकामना व्यक्त गरेका हुन् ।
एक सन्देश जारी गर्दै उनले दुर्गापूजाको दशौं दिन विशेष दिन भएको र हिन्दू धर्मअनुसार दानवविरुद्धको विजयको रुपमा मनाइने यस चाड विशेष रहेको पनि उल्लेख गरेका छन् ।
उनले क्यानडा बहु सांस्कृतिक समाज भएको र यही विविधताले आफूहरुलाई बलियो बनाएको समेत उल्लेख गरेका छन् ।
कोभिड १९ को महामारीले धेरै मानिस भेला भएर यो पर्व मनाउन चुनौतीपूर्ण रहेको स्मरण गर्दै उनले विगतका वर्षहरुमा भन्दा यसपालि थोरै समूहमा यो पर्व मनाउने भएपनि यसले विशेष महत्व र अर्थ राख्ने उल्लेख गरेका छन् ।
उनले आफ्नो स्वागत र शुभकामना स्वीकार गर्नसमेत आग्रह गरेका छन् ।