काठमाडौं । भारतको बिहार राज्यमा हुने विधानसभा चुनावमा भारतीय जनता पार्टी र प्रतिपक्षी दल कांग्रेसबीच नै टक्कर देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस आईका नेता राहुल गान्धीबीच र्याली गर्न प्रतिस्पर्धा चलेको छ ।
पार्टीले आफ्नो स्टार प्रचारकलाई बिहार खटाएको हो । दुवै जना शुक्रबार बिहार पुगे । मोदीले ३ तथा राहुलले शुक्रबार २ र्यालीमा सहभागीता जनाएका छन् ।
जसमा मोदीले २४ सिटलाई कभर हुने गरी र्यालीमा सहभागीता जनाए भने राहुलले १२ सिट कभर गरे । बोल्ने मामलामा पनि मोदी अगाडि रहे । उनले ३ र्यालीमा ८९ मिनेट भाषण गरे ।
राहुलले २ ठाउँमा ४१ मिनेट बोले ।
बोल्ने क्रममा मोदीले कश्मीरबाट धारा ३७० हटाएको बारेमा चर्चा गरे भने राहुलले चिनियाँ मसला उठाए । मोदीले कांग्रेसतर्फ निशाना साँधेर भने, ‘हामीले कश्मीरबाट धारा ३७० हटायौं यिनीहरु बोलिरहेका छन् कि सत्तामा आए धारा ३७० फेरि लागु गर्छौं । यो सबै बोलेर यिनीहरुले बिहारीहरुसँग भोट माग्ने हिम्मत गरिरहेका छन् । के यो बिहारीहरुको अपमान हैन ? यिनीहरु चाहे जसको मद्धत लिउन् बस् देश आफ्नो फैसलाबाट पछि हट्दैन ।’
राहुलले भने, ‘निनियाँ सेनाले हाम्रा २० सैनिकलाई शहीद बनाए । हाम्रो जमीन लिए । चीनले १२ सय किलोमिटर जमीन लिएको छ । चिनियाँ सेना भारतभित्र रहेका छन् । तपाईहरु बताउनुस् चिनियाँलाई भारत बाहिर कहिले फ्याँक्नुहुन्छ ?’