महाराष्ट्रका पूर्व मुख्यमन्त्री फडणवीसलाई कोभिड–१९ सङ्क्रमण
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
106
Shares
नयाँ दिल्ली। भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन्। साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन्।
फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज छन्। बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ। अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ।