डोटी । डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको छ । जेभी आयल स्टोर दिपायलमा कार्यरत कर्णबहादुर भण्डारीको कोरोनाका कारण मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो ।
निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । त्यहाँ उपचार हुने क्रममा उनको मृत्यु भएको हो ।
भण्डारीसंगै कोरोनाका कारण डोटीमा दुई जनाको मृत्यु भएको छ । यसअघि प्रादेशिक अस्पताल धनगढीमा कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि मृत्यु भएको थियो ।