डोटी । डोटीमा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष कृष्णबहादुर बमलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको उनले जानकारी दिए । वडा अध्यक्ष बम क्वारेन्टिन व्यवस्थापनदेखि लिएर भारतबाट फर्किएकाहरुको व्यवस्थापनमा खटिइरहेका थिए ।
सोही क्रममा उनलाई कोरोना पुष्टि भएको हुन सक्ने बताइएको छ । उनले भने, ‘दशैंमा घर जानुअघि पीसीआर जाँच गरौं भनेको पोजेटिभ देखियो ।’
उनले चुनावी शैलीमा भने, ‘तर कुनै लक्षण छैन । गाह्रो पनि छैन । म कोरोना जित्छु जित्छु ।’