arrow

बडादशैंको टीका यसरी लगाउन डा पाण्डेका एक दर्जन सुझाव 

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
rabindra-pandey-dashian.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच सोमबार विजया दशमीको टीका ग्रहण गरिँदैछ । यो टीका घरभित्र सीमित राखेर मनाउन आग्रह गरिएको छ । 

समूहमा लगाउँदा कोरोना सर्ने सम्भावना झन् बढी हुने भएकाले पनि सतर्क रहेर टीका लगाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । 

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले टीका लगाउँदा ख्याल गर्न एक दर्जन सुझाव दिएका छन् । 

ती हुन्–
१, दुवै पक्षले मास्क लगाएर मात्र टिका लगाउनुहोला । 
२, ६ फिटको दुरीमा बस्नुहोला । 
३, सकभर हातमा टिका जमरा लिनुहोला अनि आफै निधारमा लगाउनुहोला । 
४, टिका दिनेले प्रत्येक पटक हात धुनुहोला । 
५, हात पुछ्ने रुमाल र टावेल एक अर्कामा सेयर नगर्नुहोला । 
६, एक जनालाई टिका लगाउने काम १ मिनेटभित्र सक्नुहोला । 
७, घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने काम गर्नुहोला । 
८, यो पटक मास्क पटक्कै नखोल्नुहोला । पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खानुहोला ।
९, साबुनपानीले हात धोइरहने गर्नुहोला । 
१०, भीडभाड पटक्कै नगर्नुहोला । 
११, दक्षिणा लेनदेन नगरे राम्रो । दक्षिणा लेनदेन गर्ने परेमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्नुहोला ।
१२, सकभर फोन वा नेटबाट आशिर्बाद तथा शुभकामना आदानप्रदान गर्नुहोला । 



लोकप्रिय समाचार
नयाँ