लमजुङ। लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन्।
आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए। कोरोना त्रासका कारण कारागारमा विगतमा जस्तो आफन्तहरुलाई टीका लगाउन आउन नदिइएको कारागारका जेलर्स विष्णुप्रसाद पौडेलले बताए।
विसं. २०२८ मा स्थापित सो कारागारमा हाल ८१ जना कैदीबन्दी छन्। यीमध्ये ७५ पुरुष र ६ महिला छन्।