काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २८ हजार कोरोना भाइरसका संक्रमित घटेका छन् । सोमबार ३५ हजार ९३२ जना संक्रमित मात्र थपिएका छन् । यो लामो समयपछिको सबैभन्दा कम संख्या हो ।
९८ दिनपछि भारतमा पहिलो पटक ४० हजार भन्दा कम कोरोना संक्रमित पाइएका हुन् ।
सोमबार ६३ हजार ५७२ जना कोरोनामुक्त भएका छन् । यो आंकडा अनुसार सोमबार २७ हजार ६४० जना बढी कोरोनामुक्त भए ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ । तीमध्ये कोरोनामुक्त हुनेको संख्या ७१ लाख ९८ हजार ७१५ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ६ लाख २६ हजार २७० रहेको छ । यो संख्या कुनै समय १० लाख २० हजार पुगेको थियो ।
मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ । सोमबार ४८२ जनाको ज्यान गएको थियो ।