arrow

सन्दीप लामिछाने अग्नि परीक्षामै, दिल्ली र हैदराबाद भिड्दै 

logo
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
sandeep-lamichhene-delhi.jpg

काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच मंगलबार भिडन्त हुँदैछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण अन्तर्गत युएईमा जारी प्रतियोगिताको ४७ औं खेलमा मंगलबार दिल्ली र हैदराबाद भिड्न लागेका हुन् । 

जितले दिल्ली प्लेअफमा पुग्नेछ । हारले हैदराबाद प्लेअफ होडको झिनो सम्भावनाबाट पनि बाहिरिने छ । 

दुवै टिमबीच अहिलेसम्म १६ पटक भएको हेड टु हेडमा हैदराबाद १० पटक र दिल्ली ६ पटक विजयी भएको छ । 

दुई खेलअघिसम्म निकै सशक्त देखिएको दिल्लीले पछिल्ला दुई खेल हारेको छ । दिल्ली दवावमा छ । 

दिल्ली ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । यो खेल हारे पनि दिल्लीको प्लेअफ सम्भावना जिवितै छ । उसलाई एक खेल जिते पुग्छ । 

तर यो खेल जित्दा प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । हैदराबादका लागि यो खेल गर या मरको हुनेछ । ११ खेलबाट मात्र ८ अंकको हैदराबाद सातौं स्थानमा छ । यो खेल हार्दा हैदराबाद प्लेअफबाट बाहिरिने छ । 

यसअघिको पहिलो खेलमा हैदराबादले १५ रनको जित निकालेकाले पनि दिल्ली सजग भएर खेल्नुपर्नेछ । 

सन्दीपको सम्भावना
यो खेल दिल्लीका लागि अहम् मानिएको छ । त्यसैले पनि दिल्लीले यो खेलमा समेत सन्दीपलाई खेलाउने सम्भावना कम छ । 

सन्दीपले अहिलेसम्म खेल्न पाएका छैनन् । 

सन्दीपले विजया दशमीको शुभकामना दिँदै समेत आफू टाढा भए पनि मन त नेपालमै भएको भन्दै भाबुक शुभकामना सन्देश जारी गरेका थिए । 

सन्दीप लामिछानेले भने –टाढा भए पनि मन भने नेपालमै छ 

उनले खेल्ने घडी कहिले आउने हो भन्ने प्रतिक्षा यद्यपि छ । 



लोकप्रिय समाचार
नयाँ