नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ । प्रजिअ कुरुम्बाङले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।
'कोरोना विरुद्ध लड्दा लड्दै म आफैं संक्रमित भएको छु, मेरो सम्पर्कमा रहनुहुनेले विशेष सावधानी अपनाउनुहोला,' प्रजिअ कुरुम्बाङले फेसबुकमा लेखेका छन्।
यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि कोरोना पुष्टि भएको थियो । प्रजिअ कुरुम्बाङ कोरोना बिरुद्दको अभियान बाँकेमा सबैभन्दा बढी होमिएका छन् ।