रंगेली। रंगेली नगरपालिकाको मेयर दिलिप वगडीया कोरोना संक्रमित भएका छन् । आईतवार दिउसोदेखि जिउ दुख्ने समस्या सहित रुघाखोकीले च्यापे पछी मेयर वगडियाले प्रदेश प्रयोगशालामा स्वाप परिक्षण गराएका थिए । मंगलवार विहान आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ देखाएको छ ।
मेयर वगडीयामा कोरोना पुष्टी भएपछी उनि विराटनगरस्थित आफनै निवासमा होम आईसोलेशनमा बसेका छन् । कोरोनाको संक्रमण देखिएको मेयर वगडियामा हाल सामान्य लक्षण देखिएको छ । उनले भने–सामान्य रुघा र जिउ दुखी रहेको छ, बेला बेला खोकी लाग्छ ।'
शरिरमा थकानसँगै दुख्न थालेपछी शंका लागेर स्वाव परिक्षण गराएको मेयर वगडियाले बताए । घरमै आइशोलेट भएको मेयर वगडिया डाक्टरको परार्मशमा रहेका छन् ।