arrow

शिखर नगरपालिका ७का वडाध्यक्षका छोराले स्थानीय युवकको टाउकोमा चलाए चक्कु

घाइतेको धनगढीमा उपचार हुँदै

logo
प्रकाश बम,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
harka-balayar-victim.jpg

डोटी । डोटीमा शिखर नगरपालिका वडा नं ७ का वडाध्यक्ष नर बहादुर बलायरका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका वडा नं ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरको टाउकोमा चक्कु प्रहार गरेको हो । 

गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार टाउकोमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए । डोटीको स्थानिय अस्पतालमा उपचार हुन नसकि घाइतेलाई धनगढी पठाइएको छ । घाइतेको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ । 

चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष बलायर तत्कालिन नेकपा माओबादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
 



लोकप्रिय समाचार
नयाँ