पुजारी हत्यामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको बिश्व हिन्दु युवा संघको जिकिर
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
138
Shares
काठमाडौं । बिश्व हिन्दु युवा संघले सरकारले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारी महगु केवटको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएको छ। संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन।
शाहले बर्तमान सरकारले हत्यारालाई कार्वाही गर्न आनाकानी गरेर मौनता साँधे बिश्व हिन्दु युवा संघले हत्यारालाई खोजेर कार्वाही गर्ने समेत चेतावनी दिएका छन् । प्रवक्ता शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ "सब कुरा त्यागेर मन्दिरलाई जीवन अर्पन गरेका पुजारी तथा सन्त महन्तहरुको यसरी शृङ्खलाबद्ध रुपमा हत्या हुनुले हाम्रो नेपाली समाज कतातिर जादैछ भन्ने प्रश्न खडा भएको छ।"
सरकारले अराजक गतिविधि गर्नेहरूलाई उन्मुक्ति दिएकै कारण देशभर भएका शक्ति पीठ तथा मन्दिरका सन्तमहन्त असुरक्षित भएको महसुस आफुहरुले गरेको पनि विज्ञप्तिमा उल्लेख छ।