अछाम । धारिलो हतियार प्रहार गरि अछाममा एक यूवा विद्यार्थीको हत्या भएको छ । गए राती जिल्लाको ढकारी गाउँपालिकाको जाल्पादेवीमा लागेको मेला सकिएपछि (रूज) घर फर्किने क्रममा चोइटेखलीमा खुकुरी प्रहार गरी कक्षा ९ मा अध्ययनरत २० बर्षीय विद्यार्थी देवेन्द्र बुढाको हत्या गरिएको हो ।
देबेन्द्रसँगै रहेका अर्का एकजनालाई पनि आक्रमण गरि गम्भीर घाइते बनाइएको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिहं थापाका अनुसार दुई पक्षबिच झगडा हुँदा २० बर्षीय विद्यार्थी देवेन्द्र बुढाको हत्या भएको हो । हत्या संग्लन १ जनालाई प्रकाउ गरिएको उनले जानकारी दिए ।