arrow

सन्दीपलाई नखेलाउँदा दिल्लीको बलिङ कमजोर, हारमा ह्याट्रिक

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
ipl-delhi-haidarabad.jpg

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लामिछानेलेलाई अहिलेसम्म नखेलाएको दिल्ली क्यापिटल्सको युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कमजोर बलिङ प्रदर्शन गरेको छ । 

१२ खेलसम्म सन्दीपलाई नखेलाएको दिल्लीले लगातार तीन खेलमा हार बेहोरेको छ । यसअघिको खेलमै जित हासिल गर्दा प्लेअफमा पुगिसक्ने दिल्ली कमजोर खेल्दा त्यो अवसर गुमाउँदै गएको छ । 

सन्दीप लामिछाने अग्नि परीक्षामै

मंगलबार रातिको खेलमा दिल्ली क्यापिटल्सलाई सनराइजर्स हैदराबादले पराजित गरेको छ । दुबईमा  भएको खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्क्या रहानेले २६ रन बनाए । तुसार देशपाण्डेले नटआउट २० रन बनाए । 

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २ विकेटको नोक्सानीमा २ सय १९ रन बनाएको थियो । रिद्दिमान साहाले  ४५ बलमा ८७ तथा कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन बनाए । 
ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।

यस्तै मनिष पाण्डेले ३१ बलमा नटआउट रहँदै ४४ रन जोडे । बलिङमा कमजोर देखिएको दिल्लीका लागि दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।

कागिसो रबाडा सबैभन्दा महंगा सावित भए । उनले ५४ रन दिए । विकेट लिएनन् । 

अक्षर पटेल, तुशार देशपाण्डे र मार्कस स्टोइनिस पनि विकेट लिन असफल भए । 

अंक तालिका
हारमा ह्याट्रिक बेहोरेको दिल्लीको १२ खेलबाट १४ अंक रहेको छ । तर बाँकी रहेका दुई खेलमा पनि खेलाडीहरुलाई सन्तुलित राख्न सकेन र हार बेहोरिराख्यो भने प्लेअफमा पुग्ने सम्भावना सकिने छ । 

यता जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ । यो जितले हैदराबादको प्लेअफ आशा जिवितै छ । 

यो खेल जितेको भए दिल्ली प्लेअफमा पुग्ने पहिलो टिम हुने थियो । हारले रनरेट खस्किएको दिल्ली तेस्रो स्थानमा धकेलिएको छ । 

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १४ अंक छ । 

चौथो स्थानको किंगस इलाभेन पन्जाब र पाँचौं स्थानको कोलकाता नाइट राइडर्सको समान १२ अंक छ । 

हैदराबाद र राजस्थान रोयल्सको समान १० अंक छ । चेन्नई ८ अंकबाट पुछारमा छ । 



लोकप्रिय समाचार
नयाँ