arrow

बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्धारा राजीनामा, मेस्सीको जित ?

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
joseph-maria-barcelona.jpg

काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । चर्चित खेलाडी लियोनल मेस्सीसँग सम्बन्ध नराम्रो बनाएसँगै पछिल्लो समय क्लबका समर्थकबाट उनले दवाव झेलिरहेका थिए । ६ वर्षदेखि क्लबको अध्यक्ष बनेका उनलाई समर्थकले राजीनामा दिन दबाब दिँदै आएका थिए ।

मेस्सीले समेत क्लब अध्यक्षको सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए । मेस्सीलाई क्लबमा खुशी राख्न असफल भएपछि बर्टोमेउ आलोचित बन्दै आएका थिए । 

गत अगष्टमा मेस्सीले क्लब छाड्ने निर्णय सुनाएका थिए । त्यसपछि उनी सहित क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए ।

बार्सिलोनाले गत सिजनको ला लिगा जित्न सकेन । त्यस्तै च्याम्पियन्स लिगमा कमजोर खेल्यो । गत शनिबार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसंग ३–१ गोल अन्तरको हार ब्यहोरेको थियो ।

बर्टोमेउले नेतृत्व सम्हालेपछि बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।



लोकप्रिय समाचार
नयाँ