काठमाडौं । भारतको बिहारमा विधानसभा चुनावका लागि मतदान सुरु भएको छ । तीन चरणमा हुने चुनावको पहिलो चरणमा बुधबार मतदान भइरहेको हो ।
बुधबार ७१ सिटका लागि चुनाव भइरहेको हो । जसमा ६० पार्टीका १ हजार ६६ उम्मेदवार मैदानमा उत्रिएका छन् ।
जसमा ९५२ पुरुष तथा ११४ महिला रहेका छन् ।
कोरोना भाइरसको महामारीबीच भारतमा पहिलो पटक चुनाव भएको हो । बिहारको चुनाव पहिलो चरणमा बुधबार, दोस्रो चरणमा नोभेम्बर ३ र मा तेस्रो मतदान ७ नोभेम्बरमा हुनेछ ।
चुनावको नतिजा १० नोभेम्बरमा आउने छ । कोरोनाका कारण मतदान गर्ने समय एक घण्टा बढाइएको छ ।
यस्तो छ पहिलो फेजको आँकडा
१६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । जसमा १ हजार ६६ उम्मेदवार छन् । ४०६ उम्मेदवार निर्दलीय हुन् । २ करोड १४ लाख मतदाता रहेका छन् ।
पुरुष मतदाता १ करोड १२ लाख तथा महिला मतदाता १ करोड १ लाख छन् । तर उम्मेदवार भने महिला निकै कम छन् ।
समलिंगी मतदाता जम्मा ५९९ जना रहेका छन् ।
यो चुनावका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ र्यालीमा सहभागीता जनाएका थिए । त्यस्तै कांग्रेस आईका तर्फबाट राहुल गान्धीले २ र्यालीलाई सम्वोधन गरेका थिए ।
बिहारी मुख्यमन्त्री नीतिश कुमारले १३ दिनमा ५६ र्यालीमा सहभागीता जनाएका थिए । उनले ६ पटक ‘निश्चय सम्वाद’ मार्फत कार्यकर्तालाई सम्वोधन गरेका थिए ।
बिहारको विधानसभा चुनावमा २४३ सिट रहेको छ । नीतिश कुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्ने योजनामा छन् । ३० वर्षका तेजस्वी यादव नीतिश कुमारलाई कडा चुनौती दिइरहेका छन् ।
३० वर्षे तेजश्वी यादवले सामाजिक संजालमा निकै जमेर प्रचारप्रसार गरेका छन् । उनले बिहारमा समृद्धिका लागि, युवालाई नोकरीका लागि, बुबा–आमाको चिन्ता हटाउनका लागि र उन्नतिको आशा देखेर अगाडि बढ्नका लागि भन्दै प्रचार गरेका छन् ।
उनले लिएको नीति युवालाई मन परेको छ । १० लाख युवालाई रोजगारी दिने वाचा भीडले मन पराएको बताइन्छ । उनले शिक्षामा कुल बजेटको २२ प्रतिशत खर्च गर्ने वचन दिएका छन् ।
उनले राम्रो शिक्षा र राम्रो जागिमाथि युवाको हक रहेको भन्दै यसलाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।