काठमाडौं । नरेन्द्र मोदीको केन्द्र सरकारले जुनसुकै भारतीयले अब जम्मू–कश्मीर र लद्दाखमा जमीन किन्न सक्ने बताएको छ । मंगलबार केन्द्र सरकारले जम्मू–कश्मीर र लद्दाखसँग जोडिएको कानूनी सूचना जारी गरेको हो ।
यसबाट जम्मू–कश्मीरलाई माया गर्ने जोसुकै भारतीय त्यहाँ जान सक्नेछ । पहिले त्यो प्रवन्ध रहेको थिएन ।
दुवै केन्द्र शासित राज्यमा यो कानून तत्काल लागू हुनेछ ।
केन्द्र सरकारले जम्मू–कश्मीर पुनर्गठनको लागि यो आदेश जारी गरेको हो ।
केन्द्र सरकारले ११ कानूनलाई निरस्त पारेर जोसुकै भारतीयले जमीन किन्न सक्ने जनाएको छ । कृषि भूमि छाडेर किन्न सकिने पनि जनाइएको छ ।
केही राजनीतिक पार्टीका नेताहरुले भने कश्मीर बिक्रीमा भनेका छन् ।