arrow

वृद्धलाई मारेर भागेको कार चालक नियन्त्रणमा 

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
accident-final.jpeg

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका वडा नं २ बरमझिया  निवासी ७५ वर्षीय तीलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेश कुमार सिँहले जानकारी  दिए । 

पुर्वबाट  पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काटने क्रममा तीलकलाई ठक्कर  दिएको  थियो  । 

सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 

ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले  नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 



लोकप्रिय समाचार
नयाँ