काठमाडौं । बलिउडमा ड्रग्स मामिला छानबिन तीब्र रुपमा अगाडि बढेको छ । नारकोटिक्स कन्ट्रोल व्यूरो (एनसीबीले अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशलाई बुधबार पुछताछ लागि बोलाएको छ ।
एनसीबीले करिश्माको घरमा मंगलबार छापा मारेको थियो । त्यहाँ थोरै मात्रामा चरेस भेटिएको थियो । उक्त कार्वाहीका क्रममा करिश्मा घरमा थिइनन् । एनसीबीले उनको घरमा उनको उर्जी पत्र छाडेर आएको थियो ।
अनुसन्धानका क्रममा करिश्मा लागृुऔषध सप्लायरसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । यसअघि दीपिका र करिश्माबीच ड्रग्स च्याट भएको सामुन्ने आएको थियो । गत महिना उक्त घटना सार्वजनिक भएको थियो र दीपिकामाथि एनसीबीले पुछताछ गरेको थियो ।
सन् २०१७ को अक्टुबर २८ तारिखमा उनीहरुबीच च्याट भएको थियो । उक्त च्याटमा ‘ह्यास’, ‘वीड’ जस्ता शब्दहरुको प्रयोग भएको थियो ।
ह्यास शब्दको प्रयोग ह्यासिस अर्थात् चरेसका लागि र वीडको प्रयोग गाँजाका लागि प्रयोग गरिएको बताइएको छ ।
यी हुन् दीपिका, श्रद्धा र साराका लागि तय भएका प्रश्न, दीपिकाकी म्यानेजरसँग बयान, रकुलले स्वीकारिन्