arrow

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
aringal-tokai.jpg

डोटी। जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय छपाली स्वास्थ्यचौकी लैजाने क्रममा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए।

मंगलबार बेलुकी घर नजिकै खेलिरहेको अवस्थामा रुखमा रहेको अरिङ्गालको गोलोबाट ठूलो सन्ख्यामा आएको अरिङ्गालको टोकाइबाट दुई दिदी बहिनी गम्भीर घाइते भएका थिए । 
 



लोकप्रिय समाचार
नयाँ