काठमाडौं। अजरबैजान र अर्मेनियाबीच नागोर्नो काराबाख क्षेत्रमा भइरहेको युद्धको फाइदा उठाउँदै टर्कीले अजरबैजानमा शैन्य शिविर स्थापना गर्ने कामलाई तीव्र पारेको छ । अजरबैजान सरकारले पनि यस कामलाई तीव्रता दिइरहेको विश्लेषकहरुको विश्वास छ । दुबै देशबीचको रक्षा सम्झौताले सैन्य शिविरका लागि आधार प्रदान गरेको छ । जसमा एक अर्काका देशहरूमा सैन्य अड्डा स्थापना गर्ने प्रावधान समावेश छ ।
अजरबैजान-अर्मेनिया युद्धमा आफ्नो भूमिका औपचारिक बनाउँदै टर्की सरकारले अजरबैजानमा सैन्य अड्डा स्थापना गर्न तीव्र गतिमा काम गरिरहेको छ । विश्लेषकहरू अजरबैजान सरकारले योतर्फ काम गर्न पनि थालेको विश्वास छ । अजरबैजानमा सैन्य अड्डा स्थापना भएपछि टर्कीका राष्ट्रपति एर्दोगनले यस क्षेत्रका देशहरुको सुरक्षामा सम्झौता गर्न थाल्ने रणनीतिक त्रास उत्पन्न भएको छ । उनीहरू यही सैन्य च्यानलमार्फत आफूविरुद्ध लागेका मुलुकहरुलाई त्रास उत्पन्न गराउनसक्ने भय सिर्जना भएको छ ।
गत वर्षको अवधिमा दुबै देशहरूले १० वटा संयुक्त सैन्य अभ्यासको आयोजना गरेका थिए । टर्की सरकारले अजरबैजान सेनाको क्षमता निर्माणमा काम पनि गरिरहेको छ र यसमा गोला बारुद र ड्रोन सहयोग दिएको छ । यी सबै घटनाक्रमले यस क्षेत्रमा अस्थिरता निम्त्याइरहेको छ । हालसालै दुबै देशहरूले जुलाई-अगस्टमा अजरबैजान र अर्मेनियाबीच बढ्दो तनावका बीच संयुक्त सैन्य अभ्यासको आयोजना गरेको हो । टर्की एयर फोर्सले अभ्यासका क्रममा अजरबैजानको नकशिवानमा आफ्नो छवटा एफ१६6 जेट छोडेको थियो । अजरबैजानमा एफ१६ लडाकू विमानहरू यद्धअभ्यासमा पठाउनाले टर्कीले संयुक्त अभ्यासपछि चाँडै आर्मेनियामा आक्रमण गर्ने योजना गरिरहेको हुन सक्ने आँकलन गरिएको छ ।
यद्यपि अजेरी अधिकारीहरूले आर्मेनियासँग युद्धको तयारीको रूपमा जेटहरूको प्रयोगको तर्कलाई अस्वीकार गरिरहेछन् । तर रणनीतिकारहरूले पूर्व नियोजित आक्रमणको उद्देश्यका लागि यस नियोजनलाई विशेष रूपमा हेरेका छन् । "विश्वसनीय स्रोतका अनुसार टर्कीले विदेशी आतंककारी लडाकुहरूलाई अजरबैजानमा भर्ती र पठाउने काम गर्दैछ," अर्मेनियाली विदेश मंत्रालयले भनेको छ ।
सेनाले सैन्य सहयोग गर्नुका साथै टर्कीले अजरबैजानमा दश हजार भन्दा बढी आतंकवादीहरुलाई पनि खडा गरिरहेको छ । यी लडाकुहरू नाजोर्नो-काराबाखमा अजेरी, पाकिस्तानी र टर्की सशस्त्र बल बाहेक युद्ध गरिरहेका छन्। यो पनि विश्वास गरिन्छ कि एर्दोगानको सेनाले आतंककारीहरुलाई अजरबैजानमा तैनाथ गर्नु अघि तालिम दिएको छ ।
अजरबैजान-अर्मेनिया युद्धमा एर्दोगानको सक्रिय सहभागिताले राजनीतिक इस्लामी विधि र विदेशी देशहरूमा कट्टरपन्थी अपराधीहरूको साथसाथै, एर्दोगनले अब आफ्नो खलीफा सपना साकार गर्न तुर्की सेना र आतंककारीहरूको प्रयोग गर्न थालेका छन् ।
विद्वानहरूको अर्को समूहको विश्वास छ कि नागोरोनो-काराबाख र आर्मेनियामा कब्जा गर्नु एर्दोगनको दीर्घकालीन सपना हो, जसले आर्मेनियाली समुदायमाथि ठूलो घृणाको नरसंहार निम्त्याउन सक्छ। उनीहरूले नागोर्नो-काराबाखको कब्जालाई महत्वपूर्ण कदमका रूपमा हेर्छन् ।