कराची । जमिअत उलेमा-ए-इस्लामका प्रमुख फजलूर रहमानले कराचीमा आइतबारको सरकार विरोधी र्यालीमा बोल्दै मुलुकमा "स्वतन्त्र, प्रजातान्त्रिक वातावरण" पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ११ दलको विपक्षी गठबन्धन पीडीएम (पाकिस्तान प्रजातान्त्रिक आन्दोलन) को लक्ष्यका बारे बोल्दै रहमानले पीडीएमले "स्वतन्त्र, प्रजातान्त्रिक वातावरण" लाई पुनर्स्थापित गर्न चाहेको र राज्यको अस्तित्व सुनिश्चित गर्न चाहेको बताएका छन् ।
"कुनै संशोधन स्वीकृत हुनेछैन जसले जनताको अधिकार घटाउनेछ. यदि सिन्धका जनताले चाहँदैनन् भने कोही पनि सिन्ध विभाजन गर्ने आँट गर्न सक्दैन," उनले भने ।उनले "यो सरकारलाई मान्यता दिन नमिल्ने" समेत बताएका छन् । "अध्यादेश, जुन संसदमा छलफल नगरी उत्पन्न भएको हो; यसको २ पृष्ठहरूमा, स्पष्ट रूपमा भनिएको छ कि पाकिस्तानी अदालतहरूमा चुनौती दिन सकिँदैन । यसको अर्थ प्रजातान्त्रिक तवरले चुनिएका संसदबाटै कसैले पनि कानुनलाई चुनौती दिन सक्दैन," उनले भने ।
जेयूआई-एफका प्रमुख मौलाना फजलुर रहमान, पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारी, पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का उपाध्यक्ष मरियम नवाज, पूर्व प्रधानमन्त्रीहरु लगायतले उक्त र्यालीमा सहभागिता जनाएका थिए । शाहिद खाकान अब्बासी, अहसान इकबाल, मौलाना शाह ओवैस नूरानी, अल्लामा साजिद मीर, डा अब्दुल मलिक, इफ्तिखार हुसेन, अमीर हैदर खान होती, डा. जहानजेब जमालदीनीले शक्ति प्रदर्शन गरे ।
११ दलको विपक्षी गठबन्धन पाकिस्तान लोकतान्त्रिक आन्दोलनको यो दोस्रो शक्ति प्रदर्शन हो । पहिलो लाहोरको गुजर्नवालामा भएको थियो । जुलुसमा मरियम नवाजले नवाज शरीफलाई फेरि सत्तामा ल्याउने र प्रधानमन्त्री इमरान खानलाई जेलमा पठाउने वाचा गरेकी छन् ।