काठमाडौं। विगत २४ घण्टामा देशभित्र १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। कुल ८ हजार २ सय ४८ जनामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ठीक भएर अस्पतालबाट फिर्ता भएकाको संख्या २ हजार ९ सय ८२ रहेको छ भने ११ जनाको मृत्यु भएको छ।
काठमाडौं ऊपत्यकामा कुल ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ६ सय ६९ , ललितपुरमा १ सय १८ र भकतपुरमा २९ जना रहेका छन्।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। देशमा सकृय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ। त्यसैगरि अहिलेसम्म ८ सय ८३को कोरोनाका कारण मृत्यु भैसकेको छ।