arrow

मेस्सीको गोलले च्याम्पियन्स लिगमा बार्सिलोनाले हरायो युभेन्ट्सलाई 

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
messi61.jpg

काठमाडौं । लियोनल मेस्सीको गोलले स्पेनिश क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो आवद्ध इटालियन क्लब युभेन्ट्सलाई हराएको छ । बुधबार राति समूह जीको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र मेस्सीले एक एक गोल गरे ।  क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउ सहितका बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोना टुरिन भ्रमणमा निस्किएको थियो ।

समूह चरणको ड्र सार्वजनिक हुने बित्तिकै धेरैले यस खेललाई मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा ब्याख्या गरेका थिए । दुवै खेलाडी करिब दुई वर्षपछि आपसमा भिड्ने तय भएको थियो । तर कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए ।

युभेन्ट्सका मुख्य फरवार्ड अल्भारो मोराटा गोल गर्न चुकेको खेलमा युभेन्ट्सले घरेलु मैदानमा हारको नतिजा ब्यहोर्यो । दोस्रो हाफमा मोराटाले गरेको गोललाई रेफ्रीले भिडियोको सहायतामा अफसाइड दिएका थिए ।

मेरी डेमिरलले दोहोरो पहेँलो कार्ड खाएपछि मैदानबाट बाहिरिँदा ८५ मिनेटपछि युभेन्ट्स १० जनामा सीमित भएको थियो । 

सोही समूहको अर्को खेलमा डाइनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ । डायनामो किभ र फेरेन्किोव्रोसीले एक एक अंक जोडेका छन् ।

अन्य खेलको नतिजा
समूह ई को खेलमा एफसी क्रान्सनोदार ०–४ चेल्सी र सेभिया १–० रेन्नेस ।
समूह एफ को खेलमा बोरुसिया डर्टमुन्ड २–० जेनित सेन्ट पिटर्सबर्ग, क्बल ब्राग १–१ लाजिओ । 
समूह एच को खेलमा इस्तानबुल बसाक्सेहिर ०–२ पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर युनाइटेड (मार्कस रास्फोर्ड–ह्याट्रिक) ५–० लेप्जिग । 



लोकप्रिय समाचार
नयाँ