काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरु घटेका छन् । संक्रमितहरु घटेर छ लाखमा सीमित भएका छ । एक महिनाअघिसम्म १० लाख २० हजार सक्रिय संक्रमित रहेका अवस्था अहिले आएर ४ लाख २० हजारले घटेका छन् ।
हाल सक्रिय संक्रमितको संखया ६ लाख १ हजार ८८० जना रहेका छन् । बुधबार ४९ जार ६६० जना संक्रमित थपिएका छन् । भारतमा संक्रमित हुनेको संख्या ८० लाख ३८ हजार ७६५ जना पुगेको छ ।
कोरोनामुक्त हुनेको संख्या बुधबार ५७ हजार ५०६ जना रहेका छन् । अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना कोरोनामुक्त भएका छन् ।
बुधबार ५०८ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख २० हजार ५६३ जनाको ज्यान गएको छ ।