काठमाडौं । कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो छ । बुधबार विश्वभर अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । बुधबार मात्रै अहिलेसम्मकै सबैभन्दा बढी ५ लाख ३ हजार संक्रमित भेटिएका हुन् ।
त्यसैगरी मृतकको संख्या पनि अहिलेसम्म एकैदिन सबैभन्दा बढी ७ हजार ९५ जना पुगेका छन् ।
कोरोना सुरु भएदेखि अहिलेसम्म एकैदिन पाँच लाख संक्रमित भेटिएका थिएनन् ।
सबैभन्दा बढी अमेरिकामा ८० हजार ५४९ जना संक्रमित थपिए । अमेरिकामा कुल संक्रमित ९१ लाख १९ हजार ७१९ पुगेका छन् । १ हजार ३० जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने २ लाख ३३ हजार १३० जना पुगेका छन् ।
दोस्रो स्थानको भारतमा ४९ हजार ९१२ जना थपिएर कुल संक्रमित ८० लाख ३८ हजार ७६५ पुगेका छन् । मृतक ५०९ थपिएर १ लाख २० हजार ५६३ पुगेका छन् ।
तेस्रो ब्रजिलमा २८ हजार ८५२ जना थपिएर कुल संक्रमित ५४ लाख ६९ हजार ७५५ पुगेका छन् । मृतक ४८७ जना थपिएर १ लाख ५८ हजार ८५२ पुगेका छन् ।
चौथो रुसमा १६ हजार २०२ थपिएर १५ लाख ६३ हजार ९७६ जना पुगेका छन् । मृतक ३४६ जना थपिएर २६ हजार ९३५ जना पुगेका छन् ।
पाँचौं फ्रान्समा ३६ हजार ४३७ जना थपिएर १२ लाख ३५ हजार १३२ जना पुगेका छन् । मृतक २४४ थपिएर ३५ हजार ७८५ जना पुगेका छन् ।
छैटौं स्थानको स्पेनमा १९ हजार ७६५ जना थपिएर ११ लाख ९४ हजार ६८१ पुगेका छन् । मृतक १६८ थपिएर ३५ हजार ४६६ पुगेका छन् ।
सातौं स्थानको अर्जेन्टिनामा १३ हजार ९२४ जना थपिएर ११ लाख ३० हजार ५३३ जना पुगेका छन् । मृतक ३४१ जना थपिएर ३० हजार ७१ पुगेका छन् ।
आठौं कोलम्बियामा ८ हजार ७१७ थपिएर संक्रमित १० लाख ४१ हजार ९३५ पुगेका छन् । मृतक १८८ थपिएर ३० हजार ७५३ पुगेका छन् ।
नवौं बेलायतमा २४ हजार ७०१ जना थपिएर कुल संक्रमित ९ लाख ४२ हजार २७५ पुगेका छन् । मृतक ३१० थपिएर ४५ हजार ६७५ पुगेका छन् ।
१३ औं स्थानको इटालीमा २४ हजार ९९१ जना थपिएर कुल संक्रमित ५ लाख ८९ हजार ७६६ पुगेका छन् । मृतक २०५ थपिएर ३७ हजार ९०५ पुगेका छन् ।
१६ औं स्थानको जर्मनीमा १६ हजार २०२ थपिएर कुल संक्रमित ४ लाख ७९ हजार ६२१ पुगेका छन् । मृतक ९६ थपिएर १० हजार ३५९ पुगेका छन् ।
२३ औं बेल्जियममा १३ हजार ५७१ जना संक्रमित थपिएर ३ लाख ४७ हजार २८९ पुगेका छन् । मृतक १३९ थपिएर ११ हजार ३८ पुगेका छन् ।
२८ औं पोल्याण्डमा १८ हजार ८२० संक्रमित थपिएर २ लाख ९९ हजार ४९ पुगेका छन् । मृतक २३६ थपिएर ४ हजार ८४९ पुगेका छन् ।
३४ औं स्थानको नेपालमा १ हजार ९५४ जना संक्रमित थपिएर १ लाख ६२ हजार ३५४ जना पुगेका छन् । मृतक ११ जना थपिएर ८८७ जना पुगेका छन् ।