arrow

कोरोना भाइरसः युरोपमा दोस्रो लहर, फ्रान्सद्धारा पुनः राष्ट्रब्यापी लकडाउन 

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
corona-france-public.jpg

काठमाडौं । युरोपेली राष्ट्रहरुमा कोरोना भाइरसको दोस्रो लहर डरलाग्दो तरिकाले अगाडि बढेको छ । यसको प्रत्यक्ष प्रभाव फ्रान्समा पनि परेको छ । महामारी बढेपछि फ्रान्समा राष्ट्रब्यापी लकडाउन गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको घोषणा गरसेका हुन् । 

बुधबार मात्रै फ्रान्समा ३६ हजार ४३७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या १२ लाख ३५ हजार १३२ जना पुगेका छन् । मृतक २४४ थपिएर ३५ हजार ७८५ जना पुगेका छन् । 

लकडाउनलाई पहिले भन्दा कडा बनाइएको छ । लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धी कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार व्यवसायहरु पूर्णरुपमा बन्द रहने छन। रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ ।

यद्यपि विद्यालय र कारखानाहरु भने पुर्णरुपमा संचालन हुनेछ । राष्ट्रपति म्याक्रोंले सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गरेका छन् । 

अहिलेको समय कोरोना भाइरससंग जुध्नु पर्ने बताउँदै उनले कोरोनाका कारण देश संकटमा परेको बताएका छन् । 

हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उनले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गरेका छन् । 

युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ ।

यसअघि स्पेन, जर्मनी, बेल्जियम लगायतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् । थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। 

४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ। लकडाउन डिसेम्बर १ तारिखसम्म लागू हुनेछ र त्यसपछि पन्ध्र(पन्ध्र दिनमा पुनस् निर्णय गरिने राष्ट्रपति माक्रोँले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ