arrow

डा. शेखर कोइरालाको प्रश्न – कहाँ छ कानूनी राज्य ?

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कानूनी राज्य कहाँ छ भनी प्रश्न गरेका छन् । उनले व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमालेको पर्साको प्रसङ्ग निकाल्दै कानूनी राज्य कहाँ छ भनी प्रश्न गरेका हुन् । 

सामाजिक संजाल ट्वीटरमार्फत डा. कोइरालाले देशमा दण्डहिनताले सीमा नाघिसकेको उल्लेख गरेका हुन् । उनले जनता न्याय माग्न कहाँ जाने भनी प्रश्न समेत गरेका छन् । 

यसो लेखेका छन् डा. कोइरालाले, ‘दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’

सत्तारुढ दल नेकपाकै कार्यकर्तालाई न्याय दिन प्रतिपक्षी दल कांग्रेसले विज्ञप्ति निकाल्नु पर्ने र प्रहरीले जाहेरी लिन आदेश कुर्नुपर्ने अवस्था आउँदा के होला स्थिति ?

लासमाथि नेकपाको राजनीति, प्रहरी निरीह



लोकप्रिय समाचार
नयाँ