काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ। वैठक दिउँसो एक बजे बस्ने तयारी छ ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरि बैठकको बारेमा जानकारी दिएका हुन्। कोरोना महामारीका कारण केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु नै संक्रमण भएपछि दशैं अघी बस्ने तय भएको बैठक बस्न सकेको थिएन।