नेपालगञ्ज । दाङका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ बर्षीय पुरुषको बिहिबार दिउँसो ३.५० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि मधुमेहका विरामी उनमा कार्तिक १० गते कोरोना पुष्टि भएको थियो । उनी कार्तिक १० गते नै अस्पताल भर्ना भएका थिए ।
योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।