विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६४ महिला र ७० जना पुरुष छन् ।
थपिएका संक्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा हालसम्ममा कोरोना संक्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने बिहिबार विभिन्न स्थानबाट ७० जनासहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जना सहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।