काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरु तीव्र रुपले घटेका छन् । संक्रमितहरु घटेर ५ लाखको आँकडामा आएका छन् । एक महिनाअघिसम्म १० लाख २० हजार सक्रिय संक्रमित रहेका अवस्था अहिले आएर ५ लाख मा झरेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५ लाख ९३ हजार ६१७ जना रहेका छन् । बिहीबार ४८ जार ७६२ जना संक्रमित थपिएका छन् । भारतमा संक्रमित हुनेको संख्या ८० लाख ८८ हजार ४६ जना पुगेको छ ।
कोरोनामुक्त हुनेको संख्या बिहीबार ५७ हजार ८५९ जना रहेका छन् । अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना कोरोनामुक्त भएका छन् ।
बिहीबार ५६२ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख २१ हजार १३१ जनाको ज्यान गएको छ ।