काठमाडौं । कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो छ । बिहीबार विश्वभर अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । बिहीबारमात्रै अहिलेसम्मकै सबैभन्दा बढी ५ लाख ४५ हजार ४९९ रहेका छन् ।
बुधबार पनि त्यतिन्जेलको सबैभन्दा बढी ५ लाख ३ हजार संक्रमित भेटिएका थिए । त्यसैगरी मृतकको संख्या पनि बिहीबार अहिलेसम्म एकैदिन सबैभन्दा बढी ७ हजार १ सय ६७ जना थपिएका छन् । बुधबार ७ हजार ९५ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म विश्वमा ४ करोड ५३ लाख २० हजार संक्रमित पुगिसकेका छन् । मृत्यु हुनेको संख्या १ ११ लाख ८५ हजार ८०० पुगिसकेका छन् । अहिलेसम्म ३ करोड ३० लाखलाई निको भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा ९१ हजार ५३० जना संक्रमित थपिए । यो अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी हो । अमेरिकामा कुल संक्रमित ९२ लाख १२ हजार ७६७ पुगेका छन् । १ हजार ४७ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने २ लाख ३४ हजार १७७ जना पुगेका छन् ।
दोस्रो स्थानको भारतमा ४९ हजार २८१ जना थपिएर कुल संक्रमित ८० लाख ८८ हजार ४६ पुगेका छन् । मृतक ५६८ थपिएर १ लाख २१ हजार १३१ पुगेका छन् ।
तेस्रो ब्रजिलमा २६ हजार ६४७ जना थपिएर कुल संक्रमित ५४ लाख ९६ हजार ४०२ पुगेका छन् । मृतक ५६५ जना थपिएर १ लाख ५९ हजार ३३ पुगेका छन् ।
चौथो रुसमा १७ हजार ७१७ जना थपिएर १५ लाख ८१ हजार ६९३ जना पुगेका छन् । मृतक ३६६ जना थपिएर २७ हजार ३०१ जना पुगेका छन् ।
पाँचौं फ्रान्समा ४७ हजार ६३७ जना थपिएर १२ लाख ८२ हजार ७६९ जना पुगेका छन् । मृतक २३५ थपिएर ३६ हजार २० जना पुगेका छन् ।
छैटौं स्थानको स्पेनमा २३ हजार ५८० जना थपिएर १२ लाख ३८ हजार ९२२ पुगेका छन् । मृतक १७३ थपिएर ३५ हजार ६३९ पुगेका छन् ।
सातौं स्थानको अर्जेन्टिनामा १३ हजार २६७ जना थपिएर ११ लाख ४३ हजार ८०० जना पुगेका छन् । मृतक ३७१ जना थपिएर ३० हजार ९२६ पुगेका छन् ।
आठौं कोलम्बियामा ११ हजार १८७ थपिएर संक्रमित १० लाख ५३ हजार १२२ पुगेका छन् । मृतक १७३ थपिएर ३० हजार ९२६ पुगेका छन् ।
नवौं बेलायतमा २३ हजार ६५ जना थपिएर कुल संक्रमित ९ लाख ६५ हजार ३४० पुगेका छन् । मृतक २८० थपिएर ४५ हजार ९५५ पुगेका छन् ।
१३ औं स्थानको इटालीमा २६ हजार ८३१ जना थपिएर कुल संक्रमित ६ लाख १६ हजार ५९५ पुगेका छन् । मृतक २१७ थपिएर ३८ हजार १२२ पुगेका छन् ।
१६ औं स्थानको जर्मनीमा १८ हजार ७३२ थपिएर कुल संक्रमित ४ लाख ९८ हजार ३५३ पुगेका छन् । मृतक ९६ थपिएर १० हजार ४३५ पुगेका छन् ।
२३ औं बेल्जियममा २१ हजार ४८ जना संक्रमित थपिएर ३ लाख ६८ हजार ३३७ पुगेका छन् । मृतक १३२ थपिएर ११ हजार १७० पुगेका छन् ।
२८ औं पोल्याण्डमा २० हजार १५६ संक्रमित थपिएर ३ लाख १९ हजार २०५ पुगेका छन् । मृतक ३०१ थपिएर ५ हजार १४९ पुगेका छन् ।
३४ औं स्थानको नेपालमा २ हजार ३६४ जना संक्रमित थपिएर १ लाख ६४ हजार ७१८ जना पुगेका छन् । मृतक १७ जना थपिएर ९०४ जना पुगेका छन् ।