फ्रान्समा इस्लामी आतंकवादी हमला भएको राष्ट्रपतिको भनाइ, चर्चमा तीन जनाको चक्कुले हानेर हत्या
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
35
Shares
काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र हमला भएको छ । उक्त चक्कु आक्रमणमा परी तीन जनाको हत्या भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले उक्त घटना इस्लामिक आतंकवादी आक्रमण भएको बताएका छन् ।
फ्रान्सका प्रतिआतंकवाद सम्बन्धी अभियोजनकर्ताहरुले घटनाबारे अनुसन्धान गरिरहेका छन् । मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको अवस्थामा फेला पारिएको थियो ।
भागेर नजिकको एउटा क्याफेसम्म पुगेकी अर्की महिलामाथि कैयौँ पटक आक्रमण गरिएको पाइएको थियो । घटनालगत्तै प्रहरीले गोली हानेर सन्दिग्धलाई पक्राउ गरेको छ ।
२१ वर्षीय उक्तआक्रमणकारी केही दिनअघि मात्रै ट्युनिसियाबाट आएको स्थानीय अधिकारीले जनाएका छन् ।