काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गरेका छन् । सामाजिक संजालमा अध्यक्ष थापाले भारत र चीनसँगको सम्बन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन् ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ । नेपालका लागि भारत र चीनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना गरेका हुन् ।
राप्रपा अध्यक्ष कमल थापाले लेखेका छन्, 'भारत र चीनसंगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बनौं ।'