arrow

साढे चार करोड नाघे संक्रमित, सबैभन्दा प्रभावित मुलुकमा यस्तो छ अवस्था

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
corona-world.jpg

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ ।
    
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना संक्रमित भएका छन् । 

कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । 

संक्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना संक्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ ।  

त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना संक्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । 

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना संक्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना संक्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ । 

कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि संक्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ ।   



लोकप्रिय समाचार
नयाँ