arrow

गुह्येश्वरीको दुई किलो सुनलाई लिएर गरिएको पोष्टमा केदारमानलाई मुद्दा लगाउने तयारी

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
guhyeshwari-temple-kathmandu.jpg

काठमाडौँ । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।
 
गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । 

 कोषाध्यक्ष थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते बुधबार भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । 

भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते आइतबार अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले  जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ