काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५१७ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय १४ हजार ९८९ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई हजार १५६ पुरुष र एक हजार ३६१ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या चार हजार ९६ छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख २८ हजार ९५८ पुगेको छ । हाल देशभर दुई हजार ६६६ जना क्वारेन्टिनमा छन् ।
थप १६ को मृत्यु
हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।