arrow

ज्वारे पूर्णिमामा धामी नाच हेर्नेको भिड

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
dhami.jpg

सिमकोट । कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ । 

कोजाग्रत पूर्णिमाको दिन शुक्रबार बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी जम्मा भएर  नाच्ने चलन छ ।

हुम्लाको अदानचुली गाउँपालिका, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिकालगायत विभिन्न गाउँमा शुक्रबार बिहानैदेखि ठूलो मेला लागेको छ । 

परम्परागत मान्यताअनुसार  बिहानैदेखि मदाना देव र कालसिल्तो देवाताका मन्दिरमा ठूलो पुजाशुक्रबारा र जात्रा लागेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

 उनका अनुसार हुम्ला, मुगु र बाजुरा जिल्लाका तीर्थालु आएर अदानचुलीमा ठूलो मेला लाग्ने भएपनि यसपटक कोरोना संक्रमणका कारण बाहिरबाट आउनेलाई बन्द गरिएकाले तीर्थालुको सङ्ख्या केही कम रहेको छ । 

   यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकाको राया, लेख र सिमकोट गाउँपालिकाको याङ्गगु गाउँमा लाग्ने ज्वारेपूर्णिमा हेर्न सदरमुकाम सिमकोटबाट भक्तालु त्यसतर्फ लागेका छन् । 

यी गाउँहरुमा पनि विभिन्न देवताका धाम लाग्नुका साथै धुमधामका साथ धामी नचाउने गरिन्छ । शुक्रबार र भोलि सञ्चालन हुने पूर्णिमा पर्व हेर्न भक्तालु जाने गर्दछन् ।



लोकप्रिय समाचार
नयाँ