धादिङ । पिङ खेल्न गएकी बालिकालाई करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् ।
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।