arrow

दुई सय उन्नसत्तरी संक्रमित थपिए, तीन जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
pokhara-fewa-city.jpg

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय उन्नसत्तरी जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीया महिलाको शुक्रबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । 

त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका-३ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार ३१६ पुगेको छ । प्रदेशमा हालसम्म चार हजार २२१ जना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या तीन हजार २० जना पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ