काठमाडौं । कोरोना भाइरसको महामारीबीच दोस्रो ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड २०२० अमेरिकामा हुने भएको छ । लभ एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा आगामी डिसेम्बर २६ तारिखमा उक्त अवार्ड आयोजना गर्न लागिएको हो ।
फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गर्दै गत वर्ष विशेष जमघट गरेर भव्य रुपमा मनाएको अवार्ड समारोह यसपटक भने कोरोनाका कारण जमघट भने गर्न नसक्ने जनाएको छ । यसपालि छनोट भएका प्रतिभाहरुलाई संक्षिप्त समारोहको आयोजनाका साथै भर्चुअल माध्यमबाट उक्त अवार्ड प्रदान गर्ने पनि फाउन्डेसनले जनाएको छ ।
अवार्डमा सहभागीताको लागि फारमहरु तथा अन्य सम्पूर्ण जानकारी लभ एण्ड फाउण्डेसनको वेभसाइट मा उपलव्ध रहेको पनि जनाइएको छ ।
अवार्डका लागि प्रतिभा आफैले वा इच्छाएको अन्य कसैले पनि सिफारिस गर्न सक्ने सांस्कृतिक संयोजक केदार उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लभ एण्ड सपोर्ट गैरनाफामुलक परोपकारी संस्था भएको उल्लेख गरिएको छ । यसले अनाथ बालबालिकाहरुको सहायता तथा घरवारविहीनहरुलाई खास सन्दर्भमा भोजना गराइरहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।