नेपालगन्ज । दाङका कोरोना संक्रमित ७० वर्षिय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ती पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा शनिबार विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो ।
यो संगै बाँकेमा उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।